भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन

बझाङ, । सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्नुभएको छ ।गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन् । सभामुख थापाले जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुयाएको सदरमुकाम चैनपुरस्थित डुङ्ग्री बजार र कुइया पानीलगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरा पीडितको अवस्था बुझ्नुका साथै डुङ्गी खोलाले क्षति गरेको खेतीयोग्य जमिन, घर, पुल र लघु जलद्यिुत्को स्थलगत अवलोकन गर्नुभएको छ ।

सभामुख थापासँग बाढीपहिरापीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरमध्ये कतिपय पूर्णरुपमा र कतिपय आंशिक क्षति भएका छन् । बाढीपहिराको जोखिममा रहेकाले सो बस्ती सार्नुपर्ने र पुनर्वासको व्यवस्था गरिदिन स्थानीयवासीले सभामुख थापासँग आग्रह गरे ।

बाढीपहिरा पीडितको गुनासो सुनेपछि सभामुख थापाले तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारमार्फत राहत प्याकेजका कार्यक्रम आगाडि बढाउने बताउँदै बाढीपहिरा पीडितका लागि दीर्घकालीन योजना बनाउनुपर्ने र कतिपय मानिसको उठीबाससमेत भएकाले त्यस्ता घरपरिवारको विकल्प खोज्नतर्फ आफू लाग्ने उल्लेख गरे । सो टोलीमा जिल्ला समन्वय समितिका प्रमुख खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्का, पत्रकार र सुरक्षाकर्मी रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.