भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आज शुरु

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि आज शुरु

काठमाडौं । सोमवारदेखि सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन शुरु हुँदैछ । ६ महिनापछि प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुन लागेको हो । बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको जनाइएको छ।

गत पुस १४ गते मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए। आकांक्षी धेरै हुँदा मुख्यमन्त्रीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन्।

दाहाल–नेपाल र ओलीसमूह अनौपचारीक विभाजित भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ। आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने छ । दाहाल–नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन। ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.