भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कूटनीतिज्ञलाई लगाइँदै

दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कूटनीतिज्ञलाई लगाइँदै

काठमाडौँ । नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालेको छ ।

उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने छ । देशभर करिब १३ हजार पत्रकार छन्  । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ ।

स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो । हाल २०१ केन्द्रबाट खोप दिइएकोमा त्यसलाई विस्तारको क्रम चलिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

 


Thali Mobile Pvt.Ltd.