भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममाः कोशीमा पानीको बहाव बढेसँगै सर्तकता अपनाउन आग्रह

सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममाः कोशीमा पानीको बहाव बढेसँगै सर्तकता अपनाउन आग्रह

धरान । लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन् । सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै ट्याङ्ग्रा खोला पसेर इटहरीको खनारलाई डुबाएको छ । अहिलेसम्म ठूलो समस्या नभए पनि यही अवस्थामा निरन्तर वर्षा भइरहेमा जिल्लाका धेरै स्थानका बासिन्दा विस्थापित हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताए ।

बुढी खोला, टें्यग्रा खोला, खेती खोलामा आएको बाढीले बस्तीमा पसेपछि इटहरीका वडा नं ८, १० र ११ डुबानमा परेका छन् । नदी तथा खोला किनारका स्थानीवासीलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ६५५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताउनुभयो । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहावलाई सामान्य मानिन्छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.