कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको पर्यटन व्यवसाय पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा झन सुन्दरताले धपक्क बलेको रानीकोट र रानीकोटबाट पारी देखिने यी सुन्दर हिमश्रृङ्खलाहरु यहाँ आउने पर्यटकका लागि प्रमुख रोजाई मात्रै होईन पर्यटन गन्तव्य बनेको छ ।
कोरोना महामारी र यसका कारण गरिएको बन्दाबन्दीले घर आसपासमा खुम्चिएका नागरिकहरु अहिले धमाधम रानीकोट पुगेर यी सुन्दर दृश्यहरुबाट मनोरन्जन लिदै फ्रेस हुने गरेका छन् । 
लक डाउनले प्राय सुनसान जस्तै भएको नेपालको पर्यटन अहिले विस्तारै खुल्न थालेको छ । रानीकोट घुम्न आउने आन्तरिक पर्यटकले गर्दा व्यवसायीलाई सेवा गर्न भ्याई नभ्याई छ ।
पछिल्लो समय रानीकोट पुग्ने मोटरबाटो व्यवसायीले आफै बनाएपछि यहाँ पर्यटकहरुको घुईचोनै लाग्ने गरेको छ । वरपरको सुन्दर वातावरणले गर्दा एकपटक नघुमि नछोड्ने अवस्था आएको पर्यटकहरु बताउछन् । नयाँ पर्यटकीय गन्तव्य, पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनसँगै पर्यटकको चहलपहल हुन थालेपछि यहाँका स्थानीय हर्षित भएका छन् ।
कोरोनाका कारण आवागमन ठप्प प्रायः भएको अवस्थामा नेपालका पर्यटकीय क्षेत्र लगभग बन्द जस्तै भएका छन्, तर रानीकोटमा भने यसको कुनै असर परेको छैन । यहाँ आन्तरिक पर्यटकको आवागमन र चहलपहल निकै बढेको देख्न सकिन्छ । शुक्रबार र शनिबार भने रानीकोटमा अन्यदिनको तुलनामा धेरै पर्यटक आउने गरेको होटल भिलेज हाइल्याण्ड रिर्सोटका संचालक तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले बताए ।
“कोरोनाले शून्य भएको पर्यटन क्षेत्रमा अहिले आशा र उत्साहको दृश्य देखिन थालेको छ, यसको अफै प्रचारप्रसार र प्रवद्र्धन गर्न सके रानीकोटको मात्रै होइन भक्तपुरको पर्यटन निरन्तर अगाडी बढ्नेछ । पत्रकारहरुको कलमले यहाँको यर्थाथता झल्काई दिएपछि यस क्षेत्रमा अहिले आन्तरिक पर्यटक दैनिकजसो आउने क्रम बढेको उनको भनाई छ ।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…
रानीकोटमा घामको झुल्काई, सुर्यास्त र दिउसो नै चन्द्रमाको सुन्दर दृश्यावलोकन गर्न पाईने भएकाले पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बनेको हो । घरको छतमा बसेर कालिज, टाउट माछा र अर्गानिक आनेकुराको परिकारसंगै हिमालका सुन्दर दृश्यहरु हेर्दै मनोरन्जन लिन कुन पर्यटककलाई मन नपर्ला र ? हो यस्तै र्दश्यले गर्दा यो ठाउँ गन्तव्य बनेको हो ।
नयाँ पदमार्गको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यसहित पैदलमार्गको पनि व्यवस्था गरेमा यहाँ पर्यटकमा कुनै कमी नआउने व्यवसायी शिवको भनाई छ । यहाँको संस्कार संस्कृति, खानपान र ग्रामीण स्वागत सत्कार गर्न सके झन राम्रो हुने सुझाव पर्यटकले दिने गरेको उनको भनाई छ ।
रानीकोट भित्र नयाँ सम्भावनाका गन्तव्य धेरै रहेको र यसको खोजीनीति हुन जरुरी रहेको स्थानीयको भनाई छ ।
स्थानीय तहले पर्यटकीय क्षेत्रप्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आकर्षण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोग अझ कैलाश खबरले विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धनमा चाँसो दिएकाले यहाँको पर्यटन सहज भएको व्यवसायीको भनाई छ । सरकारले लामो समयदेखि मठमन्दिर, धार्मिक गतिविधिमा रोक लगाए पनि पछिल्लो समय यस आशपासका मठ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले गर्दापनि यहाँको शोभा झन बढेको स्थानीको भनाई छ ।
“कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख रोजाई कालिज भएकाले यहाँका कालिज व्यवसायीको आर्थिक क्षेत्रमा प्रगति भइरहेको छ । चिसो मौसममा कालिजको सुप स्वास्थ्यका लागि निकै फाईदा जनक र शरीरमा चिसोको अनुभुति नहुने भएकाले पनि पर्यटकको मुख्य रोजाई कालिज हुने गरेको हो ।
यहाँ आउने पर्यटकको मुख्य रोजाई कालिज हुने गरेकोले होटल व्यवसायीलाई कालिजको मासु व्यवस्थापन गर्न धौधौ हुने गरेको व्यवसायी शिवको भनाई छ । अर्गानिक खानपीनका लागि पर्यटकको आकर्षको केन्द्र बनेको रानीकोटमा राज्यपक्षबाट अलिकति मात्रै भएपनि ध्यान दिने हो भने यहाँ देश विदेशबाट आउने पर्यटकमा कुनै कमि हुने छैन् ।
भोलिको दिनको आजै व्यवस्थापन हुन जरुरी छ । पर्यटन क्षेत्रको विकासले राज्यलाई नै फाईदा पुग्ने छ त्यसैले समयमै सरोकारवालाको ध्यान जान जरुरी छ । प्रस्तुती: रक्तिम दैलेखी
