भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सुरक्षा गार्डलाई खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

सुरक्षा गार्डलाई खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई पक्राउ गरेको हो ।

१० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानबाट खुलेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । न गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.