२२ जेठ २०७७ रुकुम । सोती हत्याकाण्डका आरोपीलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका– ८, सोतीमा गत १० जेठमा नवराज विक सहित ६ जनाको हत्या प्रकरणका आरोपी १८ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले बिहीबार १० दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकोमा अदालतले आरोपीलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बताए । मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुईपटकमा गरी १८ जनालाई पक्राउ गरेको छ ।
दुईजना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । पहिलोपटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रोपटक म्याद थपका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
प्रेमिकालाई बिहे गरेर लैजान भन्दै आएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको समूहलाई सोतीका गाउँलेले लखेटे लखेटी कुटेका थिए । नवराजको सोतीकी कथित उपल्लो जातकी किशोरीसँग प्रेम–सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्न गएका उनीहरूको हत्या भएको पीडित परिवारले दाबी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...