भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सोमबारदेखि पूर्ण रुपमा नेपाल र चीनबीचका सबै नाका खुला

सोमबारदेखि पूर्ण रुपमा नेपाल र चीनबीचका सबै नाका खुला

काठमाडौं । नेपाल र चीनबीचका सबै नाकाहरु सोमबारदेखि पूर्ण रुपमा संचालनमा आएका छन् । तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाकाहरु पूर्ण रुपमा सञ्चालनमा आएका हुन । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुलेका हुन ।

मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका खुल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । २०७६ चैत ११ गते कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि रसुवागढी–केरुङ नाका बन्द भएको थियो ।

गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नाकाहरु खोलिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.