भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न सरकारलाई अध्यक्ष ढकालको आह्वान

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न सरकारलाई अध्यक्ष ढकालको आह्वान

नवलपरासी । सरकारलाई विना लगानीको पार्टनर (साझेदार) बन्न उद्योग वाणिज्य महासंघका अध्यक्ष एंम आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष ढकालले पूर्वाधार क्षेत्रको विकास कार्यक्रममा सरकारले निजी क्षेत्रलाई सघाउनुपर्ने सोमबार पूर्वी नवलपुर गैंडाकोट–मौलाकाली केबलकारको उद्घाटन कार्यक्रममा बताएका हुन ।

गैंडाकोटदेखि मौलाकालीसम्मको दुरीमा रहेको केबलकारको लगानी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । केबलकारको टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल समेतको लगानी २ अर्ब हाराहारी रहेको कम्पनीले बताएको छ । कतिपय परियोजनाहरुमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्नुपर्ने भएपनि नसकिएको अवस्थामा सरकारले विना लगानीको पार्टनरशिपको रुपमा निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने अध्यक्ष ढकालले बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालकै लगानी रहेको आईएमई ग्रुपले पूर्वी नवलपरासीको गैंडाकोटदेखि प्रसिद्ध धार्मिक स्थल मौलाकालीसम्म जाने केबलकार सोमबारदेखि औपचारिक रुपमै सञ्चालनमा ल्याएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको उद्घाटन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.