भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

स्कटल्याण्ड युरो कपमा छनोट

स्कटल्याण्ड युरो कपमा छनोट

काठमाडौं । स्कटल्याण्ड अर्को वर्ष आयोजना हुने युरो कपमा छनोट भएको छ । बिहीबार राति भएको खेलमा सर्वियालाई २२ वर्षको खडेरी तोड्दै पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा छनोट भएको हो ।सर्वियाको मैदानमा भएको खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटपछि खेल १(१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटपछि भएको हो । स्कटल्याण्ड सन् १९९८ पछि कुनै पनि ठुलो प्रतियोगितामा छनोट भएको यो पहिलो पटक हो । स्कटल्याण्डले अन्तिम पटक सन् १९९८ मा फ्रान्समा भउको विश्वकप फुटबल खेलेको थियो। स्कटल्याण्डसंगै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकिया पनि युरोकपमा छनोट भएका छन् । यससँगै अर्को वर्ष युरोकप खेल्ने हुनै सबै २४ टोलीको टुंगो लागेको छ ।

जसमा स्कटिस गोलकिपरले सर्वियाका एलेक्जान्डर मिटरोभिकको निर्णायक पेनाल्टी बचाए । पेनाल्टी सुटआउटमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे ।सर्वियाका लागि डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा एलेक्जान्डर मिट्रोभिकले प्रहार गरेको अन्तिम पेनाल्टी स्कटल्याण्डका गोलकिपर डेभिड मार्सलले बचाए । त्यसअघि निर्धारियत समयमको ५२औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए भने ९०औं मिननेटमा लुका जोभिकले सर्वियाका लागि बराबरी गोल फर्काएका थिए । यस्तै हंगरेरीले आइसल्याण्ड तथा स्लोभाकियाले उत्तरी आयरल्याण्डलाई समान २(१ ले पराजित गर्दै युरोकपमा स्थान बनाएको हो । यस्तै नर्थ म्यासोडेनियाले जर्जियालाई १(० ले पराजित गर्दै युरो कपमा छनोट भएको छ ।

समूह विभाजन

समूह ‘ए’ स् टर्की, वेल्स, इटाली र स्वीट्जरल्यान्ड

समूह ‘बी’ स् डेनमार्क, बेल्जियम, फिनल्यान्ड र रसिया

समूह ‘सी’ स् नेदरल्यान्ड्स, अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया

समूह ‘डी’ स् इंग्ल्यान्ड, स्कटल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक

समूह ‘इ’ स् स्पेन, पोल्यान्ड, स्वीडेन र स्लोभाकिया

समूह ‘एफ’ स् हंगेरी, फ्रान्स, पोर्चुगल र जर्मनी

 


Thali Mobile Pvt.Ltd.