भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ट्रम्पले लुकाए बाइडनलाई आएका बधाई सन्देश

ट्रम्पले लुकाए बाइडनलाई आएका बधाई सन्देश

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राजनीतिक तथा सैन्य विषयसँग जोडिएको इन्टलिजेन्स सूचना नदिएकामा रिपब्लिकनहरुले नै डोनल्ड ट्रम्पको आलोचना थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि इन्टलिजेन्स सूचना दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि निर्वाचनमा पराजय स्वीकार नगरेका ट्रम्पले बाइडनलाई सूचनामा पहुँच नै नदिनु भएको हो । ह्वाइट हाउसले विदेशी राष्ट्राध्यक्षहरुबाट राष्ट्रपतिमा निर्वाचित बाइडनलाई प्राप्त बधाई सन्देशसम्ममा पहुँच दिएको छैन । डेमोक्र्याटले धाँधली गरेर निर्वाचन परिणाम चोरेको भन्दै अन्टसन्ट गालीगलौजमा उत्रिरहनुभएका ट्रम्प र उहाँको प्रशासनले आफू पराजित भएका राज्यहरुमा मुद्दा हालेका छन् ।

तर, ट्रम्पको यस शैलीको आपत्ति जनाउँदै रिपब्लिकन पार्टीका नेता र पूर्वराष्ट्रपतिहरुले बाइडनलाई धमाधम बधाई नै दिन थालेका छन् । पूर्वराष्ट्रपति जर्ज बुशले त निर्वाचन आधारभूत रुपमै निष्पक्ष रहेको भन्दै बाइडनलाई बधाई दिनुभएको छ र परिणाम स्वीकार्न ट्रम्पलाई आग्रह गर्नुभएको छ । बुश प्रशासनका वरिष्ठ सदस्यहरुले पनि यस्तै सल्लाह दिएका छन् । ट्रम्पले लुकाए बाइडनलाई आएका बधाई सन्देश, सूचना नदिएकामा रिपब्लिकनबाटै आलोचना, तत्काल शक्ति हस्तान्तरण थाल्न सुझाव ओहायो, मेरिल्याण्ड, मासाचुसेट्सलगायत राज्यका गभर्नरहरुले पनि बाइडनलाई बधाई दिँदै परिणाम स्वीकार्दै शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण गर्न ट्रम्पलाई सल्लाह दिएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.