भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

स्याङ्जामा शिशुसहित १६ प्रहरीमा भेटियो कोरोना

स्याङ्जामा शिशुसहित १६ प्रहरीमा भेटियो कोरोना

१४ साउन २०७७ स्याङ्जा । स्याङ्जामा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । २८ महिने बालकसहित १६ जना प्रहरीमा संक्रमण भेटिएको हो । पुतलीबजार, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुतलीबजारका ४२, ३१, ३३, ३२, ३३, २८, ३२, ३४, २५, २५, २२, २४, २७, ३३, ३२, २८, २५ वर्षीय पुरुष र २८ महिने एक बालकसहित ५७ र २३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले जनाएको छ । यसैगरी, अर्जुनचौपारीका २७, २५, ३३ र ३५ र वालिङका २७ वर्षीय पुरुष गरी २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रहरी कर्मचारीका बच्चा सहित १६ जना, थुनुवा १ र पुतलीबजारको क्वारेन्टाइनमा बसेका २ जना रहेका छन् । अर्जुनचौपारीका चार जना मध्ये एक जना एम्बुलेन्स चालक हुन भने अन्य भारबाट आइ क्वारेन्टाइनमा बसेका हुन ।
थपिएका संक्रमितलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालमा र अन्यलाई करेण्डाडा स्वास्थ्य चौकी र वालिङमा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.