प्रचण्ड घात, ओली–गौतम श्रीमतीसहितको वार्ता फलदायी भएकाे विश्वास

प्रचण्ड घात, ओली–गौतम श्रीमतीसहितको वार्ता फलदायी भएकाे विश्वास

१४ साउन २०७७ काठमाडौं । नेकपा भित्रको पदीय गुटबन्दी मिल्नको साटो झन झन उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच मंगलबार राती भैंसेपाटीमा वार्ता सम्पन्न भएको छ । श्रीमती वीथ डिनर संवादमा के कुरा भयो भन्ने कुरा बाहिर नआएपनि गौतम निवासमा राती ९ बजेसम्म ओली र गौतमबीच भएको छलफल पारिवारिक भनिएको छ ।

भेटघाटमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए । प्रचण्ड पक्षमा खुलेरै लागेका गौतमलाई फकाउन प्रधानमन्त्रीले कष्ट गरेको गौतम निवास स्रोतले बतायो । गौतमबीच भएको पछिल्लो राजनीतिक तथा पारिवारीक भेटले प्रधानमन्त्रीलाई फाईदा पुग्ने गौतमनिकट स्रोतले बताएको छ ।

नेपालको राजनीति गम्भीर मोडमा पुगेका बेला ओली र गौतमबीच खानपानसहितको यो संवाद अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका गौतमले भेटपछि पाँच वर्षसम्म ओलीलाई नै सरकार चलाउन दिने लगायतका ६ बुँदे प्रस्ताव पेस गरेका छन् । यता प्रचण्ड पक्षले भने फरक रणनीति तय गरिसकेको छ प्रचण्डपक्षका नेताले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.