भर्खरै : Sorry, your browser does not support inline SVG.

स्वतन्त्र उम्मेदवारलाई भ्यागुतोदेखि खसीको टाउकोसम्म चुनाव चिह्न

स्वतन्त्र उम्मेदवारलाई भ्यागुतोदेखि खसीको टाउकोसम्म चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न दिएको छ ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

स्वतन्त्र उम्मेदवारहरूका लागि निर्वाचन आयोगले भ्यागुतो, भुइकटहर, खसीको टाउकोदेखि गुलावको फूलजस्ता निर्वाचन चिह्न प्रदान गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची छ । त्यही सूचीअनुसार जिल्ला निर्वाचन कार्यालय हुँदै पालिका निर्वाचन कार्यालयले उम्मेदवारलाई चिह्न वितरण गर्ने बताए ।

आयोगका अनुसार १२ हजार ७ सयको संख्यामा स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.