भर्खरै : Sorry, your browser does not support inline SVG.
मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना |

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो । गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मङ्गलबार एक सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ । गाउँपालिकामा सङ्क्रमण तीव्रगतिमा फैलिरहेकाले गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णयानुसार गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशानुसार गर्ने गरी अत्यावश्यकबाहेकका सबै बन्द गरिएको हो । औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन हुने बताइन्छ । स्वास्थ्य, सुरक्षा, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.