भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्राथमिकतामाः मन्त्री राई

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्राथमिकतामाः मन्त्री राई

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिनेछ भन्नुभयो । मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० श्ययामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकूद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताउनुभयो । आवश्यकताअनुसारको कानून निर्माणमा जोड दिने बताउँदै उहाँले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अवधारणाअनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यावहारिक पक्षको अध्ययन गरी लागू गरिने जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.