भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हत्या भएको हप्ता दिन वित्दापनि हत्यारा पत्ता लागेन

हत्या भएको हप्ता दिन वित्दापनि हत्यारा पत्ता लागेन

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा भएको सामुहिक हत्या घटनाको हप्ता दिन वितेपनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । हत्यारा को हो भन्ने अझै पत्ता लगाउन नसकिएको र घटनाको सघन अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटना ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयको सूचनापश्चात् २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

मृतकका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि चारै जनाको शवपरीक्षणका लागि प्रहरीले शव जिल्ला अस्पताल मुगु पुर्‍याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दीपक कतारमा थिए । सोमबारमात्रै उनी घर पुगेका हुन ।

हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अडान लिएका छन् । सवहरुको दाहसस्कार हुन सकेको छैन । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन वितिसक्दा पनि तथ्य प्रहरीले भेटाउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.