भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हत्या भएको हप्ता दिन वित्दापनि हत्यारा पत्ता लागेन

हत्या भएको हप्ता दिन वित्दापनि हत्यारा पत्ता लागेन

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा भएको सामुहिक हत्या घटनाको हप्ता दिन वितेपनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । हत्यारा को हो भन्ने अझै पत्ता लगाउन नसकिएको र घटनाको सघन अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घटना ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयको सूचनापश्चात् २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

मृतकका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि चारै जनाको शवपरीक्षणका लागि प्रहरीले शव जिल्ला अस्पताल मुगु पुर्‍याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दीपक कतारमा थिए । सोमबारमात्रै उनी घर पुगेका हुन ।

हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अडान लिएका छन् । सवहरुको दाहसस्कार हुन सकेको छैन । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन वितिसक्दा पनि तथ्य प्रहरीले भेटाउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.