काठमाण्डौ । हाम्रा बालबालिकाहरुले प्रयोग गर्ने इरेजरमा हानिकारक केमिकल फेला परेको छ । सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग धेरै भएको एसियाली देशहरूको नमुना अध्ययनका क्रममा देखिएकाे हाे । इरेजरमा फ्थालेट्स नामक केमिकल नेपालमा धेरै प्रयोग भएको पाइएको अध्ययनले देखाएको छ ।
आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिन विज्ञहरूले आग्रह गरेका छन्रिर । फ्थालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्याउने अध्ययनले देखाएको छ ।
यो रसायनको प्रभावले प्रजजन क्षमतामा समेत असर पर्न सक्ने उल्लेख गरिएको छ । एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक हुने अध्ययनले देखाएको छ । नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको हाे ।
