भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

हामीले कोरोना नियन्त्रणमा सहजै काम गरेका छौं : प्रधानमन्त्री ओली (भिडियोसहित)

हामीले कोरोना नियन्त्रणमा सहजै काम गरेका छौं : प्रधानमन्त्री ओली (भिडियोसहित)

२८ जेठ २०७७, बुधबार, काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी र सहजरुपमा काम थालेको दावी गरेका छन् । संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए ।

अरु देशमा धमाधम कोरोनाको संक्रमण देखिंदा नेपालमा अति थोरै मात्र संक्रममा सीमित पार्न सकेको भन्दै सरकारको कदमको बचाउ गरे । देशको स्वास्थ्य पूर्वाधारमा भएको कमजोरीका कारण कतिपय कदम लिन कठिनाई भएको प्रधानमन्त्रीको भनाई छ ।

हेर्नुहाेस भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/192111278716571/

उनले कोरोनाको संक्रमणको सुरुवातबाटै लकडाउनको नीति लिएको भन्दै सरकारले चालेको लकडाउनको नीतिको प्रतिरक्षा गरे । लकडाउनले कोरोना नियन्त्रणमा प्रभावकारी भएको उनको भनाई छ । भौतिकदुरी कायम गर्ने, मास्क लगाउने, स्वस्थ खाना खाने, हात धुने लगायतका सरकारले अघि बढाएका कुरा समान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.