२८ जेठ २०७७, बुधबार, काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी र सहजरुपमा काम थालेको दावी गरेका छन् । संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए ।
अरु देशमा धमाधम कोरोनाको संक्रमण देखिंदा नेपालमा अति थोरै मात्र संक्रममा सीमित पार्न सकेको भन्दै सरकारको कदमको बचाउ गरे । देशको स्वास्थ्य पूर्वाधारमा भएको कमजोरीका कारण कतिपय कदम लिन कठिनाई भएको प्रधानमन्त्रीको भनाई छ ।
हेर्नुहाेस भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/192111278716571/
उनले कोरोनाको संक्रमणको सुरुवातबाटै लकडाउनको नीति लिएको भन्दै सरकारले चालेको लकडाउनको नीतिको प्रतिरक्षा गरे । लकडाउनले कोरोना नियन्त्रणमा प्रभावकारी भएको उनको भनाई छ । भौतिकदुरी कायम गर्ने, मास्क लगाउने, स्वस्थ खाना खाने, हात धुने लगायतका सरकारले अघि बढाएका कुरा समान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...