हिमपात प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

हिमपात प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाको परिवार र हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकलाई उचित राहत उपलब्ध गराउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

त्यस्तै मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय दार्चुला, विजयाकुमारी प्रसाईँ जुम्ला, गणेश आचार्य हुम्ला, शंकरहरि आचार्य गोरखा, उमेश पाण्डे ताप्लेजुङ, गणेशबहादुर शाही सोलुखुम्बु, दिलकुमार तामाङ ओखलढुंगा र फणिन्द्र दाहाल खोटाङलाई हिमपातको

असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिए । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि टेलिफोनमार्फत जिल्लाको अवस्थाबारे जानकारी लिदै उचित राहतको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

 


Thali Mobile Pvt.Ltd.