भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

राँझा, । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए। उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् । किराले तरकारीमा पनि असर पुर्‍याएको छ । डुडुवा –६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसायिकरूपमा तरकारी खेती पनि गर्ने गरिएको छ ।

तीन वर्षअघि अमेरिकाबाट अफ्रिका–भारत हुँदै फौजी किरा नेपाल प्रवेश गरेको थियो । फौजी किरा अहिले यतै बसेको छ । फौजी किराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार दिउँसोमा लुकेर बस्ने फौजी किराले रातिमा आक्रमण गर्छ । यहाँको वातावरण उसका लागि अनुकूल छ, बेलैमा औषधि हालेमा फौजी किराको असर हुँदैन ।

 


Thali Mobile Pvt.Ltd.