भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

होली उच्छृङ्खल बनाउँनेमाथि प्रहरीले कारबाही थाल्ने

होली उच्छृङ्खल बनाउँनेमाथि प्रहरीले कारबाही थाल्ने

काठमाडौं । फागु पूर्णिमा अर्थात होली सुरक्षित र व्यवस्थित ढङ्गले मनाउन सबैलाई आग्रह गर्दै उच्छृ्खल व्यवहार गर्नेमाथि कारबाही गर्ने प्रहरीले बताएको छ ।

चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गर्दै प्रहरीले होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन उपत्यकामा विभिन्न स्थानमा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएका छन् ।

रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यबहार गर्नेमाथि कडा कारबाही गर्ने यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.