भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

आईजी दौडमा चार एआईजी

आईजी दौडमा चार एआईजी

काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा बढुवा सिफारिस गराएका छन् । तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

पन्त र सिंह कांग्रेसको कोटाबाट सिफारिसमा पर्दा धानुक भने माओवादी केन्द्रको जोडबलबाट बढुवा सिफारिसमा परेका हुन् । अब नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजी)को दौडमा चार एआईजी छन् ।

मन्त्रिपरिषद् बैठकले एक साताभित्र उनीहरूलाई बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् ।

एआईजीका लागि सिफारिसमा परेका पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीकै ब्याची भएका कारण उनी थापासँगै ३० वर्षे सेवा अवधि पूरा गरेर १९ वैशाख २०७९ मा अवकाशमा जाँदैछन् ।

 


Thali Mobile Pvt.Ltd.