काठमाडौं ।नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी महिलासंघले देश भर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । एक सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न जिल्लामा कार्यक्रम गरिएको गरिएको नेपाल क्रान्तिकारी महिलासंले जनाएको छ ।
संघले काठमाडौं उपत्यका सहित दैलेख, अछाम, कालिकोट, सुर्खेत, जुम्ला, काभ्रे, चिवन, रुपन्देही लगायतका जिल्लाहरुमा कार्यक्तमहरु गरिएको जनाइएको छ ।
पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइएको थियो ।


