काठमाडौं । नेकपा एमालेकी सांसद तथा प्रभावशाली युवा नेतृ निरुदेवी पालले नेकपा एमाले प्राण भन्दा प्यारो पार्टी भएको बताउनुभएको छ । मंगलबार एमालेको मुख्यालय धुमबाराहीमा नेकपाको साइनबोर्ड परिवर्तन गरी नेकपा एमाले लेखिएको साईनबोर्ड राखेपछि नेतृ पालले नेकपा एमाले प्राणभन्दा प्यारो पार्टी भएको बताउनुभएको हो ।
उहाले नेकपा एमाले सबैको प्यारो पार्टी भएको कुरा अदालतको फैसलाले पुष्टि गरिसकेको बताउदै नेकपा (एमाले) आम जनता र कार्यकर्ताको मन मस्तिष्कमा बसिसकेको पार्टी भएको उल्लेख गर्नुभयो । कर्ताहरुलाई र नेकपाका अध्यक्ष ऋषी कट्टेललाई धन्यवाद दिदै सबैलाई नेकपा (एमाले)को नेता कार्यकर्ता हुनुमा गर्ब महशुस भएको पालको भनाई छ ।
पालले आफ्ना नेतालाई सम्मान र कार्यकर्तालाई बिश्वास अनि माया गर्ने बानिको बिकास गर्नुपर्ने बताउदै पुराना गल्तीहरुबाट पाठ सिक्न आग्रह गर्नुभयो ।
