भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

१६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

१६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

धनगढी । १६ क्वीन्टल अवैध माछा धनगढीबाट प्रहरीले बरामद गरेको छ । सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ मनहेराबाट प्रहरीले माछा बरामद गरेको हो । बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको थियो । बेलौरी नगरपालिका–७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको जिपबाट अवैध माछा बरामद गरिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.