भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

२० असोज देखि दशैंको अग्रिम टिकट बुकिङ, व्यवसायी भने छलफलमा

२० असोज देखि दशैंको अग्रिम टिकट बुकिङ, व्यवसायी भने छलफलमा

काठमाडौं । असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले प्रस्ताव गरेको छ । विभागले असेज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विगत वर्षमा दशैंका बेला २० लाखले उपत्यका छाड्ने गरेको भएपनि यसपालि कोरोना महामारीले गर्दा दुई, तीनलाखले पनि मुस्किलले उपत्यका छोड्ने अनुमान विभागले गरेको छ ।

सरकारले गरेको प्रस्तावमा व्यवसायीहरुले भने असहमति जनाएका छन् । सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग व्यवसायीको छ ।

 


Thali Mobile Pvt.Ltd.