रुकुम हत्याकाण्ड त्यसैको परपञ्च हो जसले जातीय धरातलमा टेकेर विभेदको पराकाष्ठा नाघेर मानवता विरुद्ध अपराध हो । २१ औं शताब्दीको युगमा नवराज विक लगायत ६ जनाको हत्या त्यो पनि जातीय विभेद जस्तो अत्यन्तै घृर्णित कार्य हुनु भनेको एकदमै दुखको कुरा मात्रै होइन विश्वभरीका मानिसको आस्था विरुद्ध पशुको उग्र रुप हो ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमा घटेको घटनाले मान्छेले एक पटक सोच्न वाध्य पारेको छ । जहाँ एउटा युवती एउटा युवकसँग प्रेम गर्थिन् र युवक पनि केटीलाई प्रेम गर्छन् उनीहरूको प्रेम सम्बन्ध तीन वर्षदेखि चलिरहेको हुन्छ र बीचमा ती युवकको घरमा युवती जाने बस्ने, खाने गर्ने खालका कामहरु गरिराखेको हुन्छ । निरन्तर उनीहरूको सम्बन्ध अगाडि बढिरहेको हुन्छ ।
विवाह बन्धनमा बाँधिने कुरा चल्छ । युवतीले नवराज विकलाई सुस्मा मल्लले मलाई लिन आइजाउ नत्र अन्तै विहे गर्न लागिसके भनेर बोलाउछन् । नवराज साथीहरु सहित उनलाई लिन सुस्माको घर जान्छन् । हुन त माया प्रेममा परेका उनीहरु छुटिने कुरै आउदैन । सुस्माले पनि जनयुद्धको उद्गम थलो भएकाले जातिय हिंसा होला भनेर सोच्ने अवस्था नै आएन ।
तर भैदियो उल्टो । केटाहरु सुस्माको गाँउ पुग्दा उनकी आमाले थाहा पाउछिन् । उनीहरु तल्लो जाति कै भएको कारण हाम्रो छोरी भगाउन आएको भन्दै अत्यन्तै तुच्छ गालीहरु गर्दै गाउँलेहरुलाई बोलाएर नवराजको टिमलाई लखेट्न लगाँउछिन् । तथानाम गालि वेइजति गरेपछि केटाहरु त्यहाँ बाट आफ्नो गाँउतिर लाग्छन् । तर पछि पछि आएका गाउँलेले युवालाई चारैतिरबाट घेरा हालेर कुट्न थाल्छन् ।
तीन, चार किलोमिटर टाढा भेरी नदिमा पुगुन्जेल घरेलु हतियार, ढुंगामुढा प्रहार गर्दै वीभत्स हत्या गरेर बाधेर भेरी नदिमा फालेर फर्किन्छन् । पौडिखेल्न जान्ने हरु जाजरकोट तिर पुगेपनि त्यहि उनीहरुलाई कुटी कुटी हत्या गर्न खोज्दा प्रहरी आइपुग्छ र जाजरकोटका केही मानिसले समातेर उनीहरुलाई प्रहरीको जिम्मा लगाउछन् ।
युद्धमा हारेका हरुलाइ त जितेकाले युद्धबन्दी बनाउछन् । हत्या गर्ने कुरा हुदैन भने एउटा छिमेकीलाई न युद्ध न आतंक तर तल्लो जातका भनेर कुटिकुटि लखेटेर मारेर नदीमा लाश फाल्ने कुरा जस्तो जघन्य अपराध अरु के हुन सक्छ र ?
जात कै आधारमा रुकुम सोतीमा घटाइएको जघन्य अपराधको घटनालाई संसदमा समेत सामान्य तरिकाले विश्लेषण गरिनु झन मानवता विरुद्धको अभिव्यक्ति हो । यस्ताखालका अपराधी घटनालाई ओझेलमा पार्न खोज्ने र लगाउने ती सबै अपराधी हुन । हुन त नेपालमा जाति विभेदका घटनाहरुको यो एउटा अपवादको घटना पक्कै पनि होइन ।
यस्ता खालका घटनाहरु शृंखलाबद्ध तरिकाले भइराखेका छन् । जस्तो कालिकोटमा जनप्रतिनिधिको हत्या गर्नु । अजित मिजारको हत्या गरेर अहिले सम्म न्याय नपाउनु आदि । अब सवाल उठ्छ नियम, कानून, दण्ड सजाय अवस्यै हुन्छ । तर नेपालको संविधानमा समेत सजायको व्यवस्था छ । जातीय विभेद छुवाछुत कसूर सजाय ऐन समेत निर्माण भएका छन् तर ति अहिले सम्म कार्यान्वयन भएका छैनन् ।
पचास साठी वर्षपछि पनि जातीय विभेद जस्ता अमानवीय कार्य किन भैरहेछन् ? यसको मुख्य दोष नेपालका शासकहरुलाई जाने गर्दछ । जातीय अपराध जस्तो जघन्य अपराधलाई सामान्य तरिकाले विश्लेषण गरिनु र जातिय विभेदका घटनाहरुको बिस्तारै परिवर्तन हुने कुराहरु हुन् भनेर भन्नु, अर्को अपराध हो ।
मलजल किन ?
हुन त कानूनी रुपमा अपराध गर्नेलाई सजायको व्यवस्था छ तर अपराधीलाई दण्ड सजाय गर्नु भन्दा पनि जातीय अपराध जस्ता विषयमा शासकहरुले नै मलजल दिने काम गरेरै आएका छन् । हिजो राजा महाराजाहरुका पाला देखि अहिले गणतन्त्रका राजाहरु सम्म आउदा पनि यो व्यवस्था परिवर्तन भयो भनेर कसरी भन्ने ?
काम कुरा जम्मै त्यस्तै भैरहेका छन् । नेपालको शासन प्रणालीले नै मलजल दिइरहेकाले यस्ता घटना झन श्रृखलावद्ध घटिरहेका छन् । शीप छ । बल छ तर दलित समुदायले थिचो मिचो सहि रहनाले पनि यस्तो भएको हो । अरुका लागि लड्ने, भिड्ने, जस्तो सुकै मुल्य चुकाउन परेपनि पछि नपर्ने दलित समुदाय आफ्नै मुक्तिका लागि किन लड्न सक्दैन ?
दलाल शासकको इच्छा अनुसारको चाकडी गर्ने भएकाले पनि विद्रोह गर्ने, मानिस समान हुन भन्ने आवाज उठाउने दलितलाई पछि पारेर आफ्नै चम्चा अर्थात नुनको सोझो बन्ने दलितलाई समानुपातिक नामको लालचमा पारेर अघि बढाउनुको परिणाम तेस्रो कारण हो ।
सवाल यहि नीर छ । अर्को कारण भनेको नेपालमा दलित समुदायको मुक्तिका लागि भनेर आन्दोलन कहिल्यै भएन । कतिपय कथित दलित नेता जो उनीहरुकै ज्यू, जदौं र हजुरी मान्नेहरु उल्टै कथित उपल्ला भनाउदाहरुको धोती सफा गरिरहनुले नै दलित समुदायले यस्तौ हदैसम्मका घटनाको सामना गरिरहनु परेको हो ।
आन्दोलनको आवश्यक्ता
अव दलितहरु एक जुट भएर जातिय होइन वर्गिय लडाई लड्नुको विकल्प छैन । आजको आवश्यक्ता चम्चागिरीको होइन पूर्णरुपमा समग्र उत्पीडनको मुक्तिको आन्दोलन गर्ने बेला हो । जुन आन्दोलनले नेपालको संविधानमा लेखिएको नीति नियम र दण्ड सजायको कार्यान्वय गर्नका लागि वाध्य होस ।
यदि यसो गरिदा पनि भएन भने मान्छेको रुपमा मानवत्ताको खोल ओडेर हिंसा गर्ने पशुहरुलाई एक चोटी भएपनि छप्काउ आन्दोलन चलाउन जरुरी छ । मान्छे र पशुबीचको अन्तर छुट्याउन रक्तपातपूर्ण युद्धको जरुरी छ । कथित ब्रामणवादी विचार चिन्तन र शासनका विरुद्ध एकपटक मानवत्ताको आन्दोलन लड्न जरुरी छ ।
जातीय विभेद गरेर अझपनि पशुको व्यवहार गर्नेलाई सशस्त्र आन्दोलन मार्फत जनकारबाही गर्दै अपराधी सावित गरेर ती पशुहरुलाई मान्छे बनाउने आन्दोलनको आवश्यक्ता २१ औं शताब्दी छ । त्यसैले जातिय अपराध गराउने अपराधीहरूको टाउको काटेर खोलामा नफाले सम्म जातीय विभेद जस्ता अमानवीय कामहरुले जडो गाडी रहनेछ । अब चुपलागेर बस्नु हुदैन ।
राजेन्द्र सुनार
सवाल शब्दको
कुरा उठ्छ दलित शब्दको दलित शब्दको अर्थ दलन हो । अर्थात हेपिएको, चेपिएको, दबिएको भन्ने बुझिन्छ । वास्तवमा दलित भन्ने शब्दको अर्थ सामाजिक रुपमा मर्यादित मान्छे दलित हो । आर्थिक रुपमा विपन्न मान्छे दलित हो । शैक्षिक रुपमा अनपढ मान्छे दलित हो । आर्थिकरुपमा कमजोर मान्छे दलित हो ।
त्यो भएर सबै कुराको पहुँचमा पुगेको मान्छे कदापि दलित हुन सक्दैन । अब सवाल उड्छ दलित आरक्षणको नेपालमा आरक्षण आवश्यक छ । तर आरक्षण जातका आधारमा नभई वर्गका आधारमा हुनु पर्दछ यसो हुँदा साँच्चिकै उत्पीडनमा परेको समुदायले राहात पाउनेछ र सधै र सबै पहुँचमा पुगेका रजाँईबाट मुक्ति हुनेछ ।
त्यसैले यो घृणाको रुपमा प्रयोग गरिएको शब्द दलित नेपालको संविधानबाट नै हटाउनु पर्छ । दलित भनेर धर्मबाट समेत बन्चित गराईयो । हिन्दु धर्मको सबैभन्दा बलियो नियम र कानुन मनुस्मृतिमा प्रष्ट के लेखेको छ, ब्राह्मण टाउकोबाट जन्मेको, क्षेत्रि गर्दनबाट जन्मेको, वैशाख वैश्य पेटबाट जन्मेको र शुद्र खुट्टाको पैतालाबाट जन्मेको भनेर ।
यस्ता पाखण्डी कुरा गरेर मान्छेलाई टाठाबाठाले बनाएको नियम अब दलितले स्वीकारीरहन जरुरी छैन । त्यति मात्र होइन अछुतले शिक्षा र धन आर्जन गर्दा अशुभ हुन्छ रे । शिक्षा र धन आर्जनबाट बन्चित गराउने को हो ? साँच्चिकै खोज्ने हो र त्यसको बदला लिन लागेपछि अवस्था के होला ? शासकहरु हे समयमै घैटोमा घाम लागोस ।
रुकुम हत्याकाण्ड लगायत जातिय विभेदका घटनाका अपराधिलाई हदै सम्मको कारबाही होस र गरियोस । नत्र भने खुन को बदला खुन भन्ने दिन ननिम्तियोस चेतना भया । मान्छेको सर्वाङ्गीण विकासको लागि शिक्षा र धन कति महत्वपूर्ण छ ? जुन कुराबाट वञ्चित गरायौं ।
मन्दिरमा सजाउन लागि बनाइने सम्पुर्ण औजार दलितले बनाउने, बाजागाजब दलितले बनाउने, कपडालत्ता दलितले सिउने अनि उपल्लो कहलिएर प्रयोग गर्ने अझ दलितले प्रयोग गर्न नपाउने भनेर भन्ने को हो ? त्यो खोज्नै पर्ने हो की ?
जुन कुराले दलित समुदाय अपमानित भैरहन्छ त्याे कुरालाई अँगालि रहन जरुरी छैन । दलितहरुले अब मुक्ति आन्दोलन छेड्नै पर्छ र मानव भएर बाँच्न कसरत गर्नै पर्छ । एक पटकका लागि भएपनि पशु र मान्छे बीचको भेद छुट्याउन आन्दाेलन गर्नै पर्छ । होइन भने दलित जहिले पनि पशुहरुबाट थिचारिरहने छ । त्यसैले सम्पूर्ण विभेद अन्त्यका लागि अब आन्दोलनको सुरुवात गर्नै पर्छ ।
@.Rajendra Sunar From malaysia.
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले...
‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । ‘भ’ अक्षरबाट...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...