भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

२२ जनाले कोरोना जितेको दैलेखमा संक्रमितको संख्या ४७२ पुग्यो, हेर्नुहाेस कहाँ कति ?

२२ जनाले कोरोना जितेको दैलेखमा संक्रमितको संख्या ४७२ पुग्यो, हेर्नुहाेस कहाँ कति ?

३० जेठ २०७७ दैलेख । सरस्वती माविको आइसोलेसनमा उपचार गराई रहेका २२ जना कोरोना संक्रमितले शुक्रबार कोरोना जितेका छन् । कोरोना जितेर घर जानेमा भारतबाट आएका नारायण नगरपालिका भित्रका २२ जना पुरुष रहेका छन् ।

कोरोनामुक्‍त भएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । योसंगै दैलेखमा कोरोना जित्नेको संख्या २६ पुगेको छ । तर दैलेख कोरोनाको जोखिम मुक्त भने हुन सकेको छैन ।

११ वटा स्थानीय तह रहेको दैलेखमा हाल सम्म कोरोना संक्रमितको संख्या ४७२ पुगेको छ । दुल्लु नगरपालिका ११ का एक जना पुरुषले कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

हेर्नुहोस पालिका अनुसारकाे संक्रमित तालिका…dailekh

 


Thali Mobile Pvt.Ltd.