भर्खरै : Sorry, your browser does not support inline SVG.
११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब |

३६ घण्टापछि अपहरणमा परेकी बालिका अभिभावको जिम्मा, १ जना पक्राउ,अनुसन्धान जारी

३६ घण्टापछि अपहरणमा परेकी बालिका अभिभावको जिम्मा, १ जना पक्राउ,अनुसन्धान जारी

काठमाण्डौ । भक्तपुरमा अपहरणमा परेकी बालिकाको उद्धार भएको छ । दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मङ्गलवार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि नेपाल प्रहरीले खोजी थालेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त टोलीले ३६ घण्टापछि बिहीवार भक्तपुरबाट ती बालिकाको उद्धार गरी अभिभावकलाई बुझाएको नेपाल प्रहरीले जनाएको छ । बालिका अपहरणको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

भक्तपुरमा अपहरणमा परेकी बालिका नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.