भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

४ जना वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि दाङमा उच्च सतर्कता

४ जना वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि दाङमा उच्च सतर्कता

११ असार २०७७ दाङ । थप एक जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसँगै दाङमा संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ । ​बंगलाचुली गाउँपालिकाका ३ जना र घोराहीका १ जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बंगलाचुली गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष मेघराज रानालाई कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । सोहि गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष यनुराज खत्री र वडा नम्वर ६ का वडा सदस्य चित्र बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि यस अघिनैभएको थियो ।

त्यस्तै उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशवराज आचार्यमा पनि कोरोना पुष्टि भएको थियो । अहिले सम्म गाउँपालिकामा १३१ जनालाई कोरोना पुष्टि भएको छ ।

२१ जना डिस्चार्ज भएका छन् भने गाउँपालिकामा कोरोना पुष्टि भएका जनप्रतिनिधि र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिसबै भारतबाट आएका हुन् ।

कोरोना संक्रमण भएका केही ब्यक्ति कोरोना बिशेष अस्पताल बेलझुण्डी, केही गाउँपालिकाको आईसोलेसन र जिल्ला विपद् ब्यवस्थापन समितीले बनाएको आईसोलेसनमा रहेको छन् ।

 


Thali Mobile Pvt.Ltd.