४ जना वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि दाङमा उच्च सतर्कता

४ जना वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि दाङमा उच्च सतर्कता image

११ असार २०७७ दाङ । थप एक जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसँगै दाङमा संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ । ​बंगलाचुली गाउँपालिकाका ३ जना र घोराहीका १ जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बंगलाचुली गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष मेघराज रानालाई कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ । सोहि गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष यनुराज खत्री र वडा नम्वर ६ का वडा सदस्य चित्र बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि यस अघिनैभएको थियो ।

त्यस्तै उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशवराज आचार्यमा पनि कोरोना पुष्टि भएको थियो । अहिले सम्म गाउँपालिकामा १३१ जनालाई कोरोना पुष्टि भएको छ ।

२१ जना डिस्चार्ज भएका छन् भने गाउँपालिकामा कोरोना पुष्टि भएका जनप्रतिनिधि र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिसबै भारतबाट आएका हुन् ।

कोरोना संक्रमण भएका केही ब्यक्ति कोरोना बिशेष अस्पताल बेलझुण्डी, केही गाउँपालिकाको आईसोलेसन र जिल्ला विपद् ब्यवस्थापन समितीले बनाएको आईसोलेसनमा रहेको छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.