भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

५५०० शुल्कका साथ निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति, खर्च मन्त्रालयले व्यहोर्ने

५५०० शुल्कका साथ निजी प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति, खर्च मन्त्रालयले व्यहोर्ने

३२ जेठ २०७७ आइतबार, काठमाडौं । सरकारले निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न अनुमति दिएको हो ।

सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउने निजी प्रयोगशालाले हाललाई ५ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

 


Thali Mobile Pvt.Ltd.