भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

५ जनाको हत्या गरेपछि आफैँलाई गोली हाने

५ जनाको हत्या गरेपछि आफैँलाई गोली हाने

मैनपुरी । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका ५ जना सदस्यको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

घरको जेठो छोराले यो घटना गराएका हुन् । पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरो प्रहारबाट हत्या गरेका थिए । प्राप्त जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् ।

उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरेर अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.