भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

७० हजार मेट्रिकटन चैते धान उत्पादन

७० हजार मेट्रिकटन चैते धान उत्पादन

कलैया । बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो ।

गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ । हरियो तरकारी महँगो केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तरकारी खेतीमा क्षति भएपछि कलैया बजारलगायत जिल्लाभरि नै हरियो तरकारीको मूल्य महँगो भएको छ ।

कलैया बजारमा हाल हरियो तरकारी झिगुनी प्रतिकिलो रु १००, बोडी रु १००, रामतोरी रु ७०, करेला रु ६०, घिउरा रु ६० र परवल रु ८० प्रतिकिलो बिक्रीवितरण भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । हरियो तरकारी १५ दिन पहिला कलैया बजारमा झिगुनी रु ६०, वोडी रु ६०, रामतोरी रु ३०, करेला रु ३५, घिउरा रु २५ र परवल रु ६० प्रतिकिलो बिक्री भइरहेको थियो ज्ञानकेन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले भन्नुभयो ।

गत वर्ष कृषकले वर्ष झिगुनी, रामतोरी, घिउरा, करेला, आदि गरी पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेकामा वर्षाका कारण खेतमा नै गलेर उत्पादनमा निकै गिरावट भएको ज्ञानकेन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.