भर्खरै : Sorry, your browser does not support inline SVG.

अदालतको आदेश पछि तोसिमाको उम्मेदवारी कायम

अदालतको आदेश पछि तोसिमाको उम्मेदवारी कायम

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको हो ।

नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको कार्की उम्मेदवार बनेकी थिइन् ।

आदेशः

 


Thali Mobile Pvt.Ltd.