भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अध्यादेशले संविधानलाई जवर्जस्ती करणी गर्याे: बामदेव गाैतम

अध्यादेशले संविधानलाई जवर्जस्ती करणी गर्याे: बामदेव गाैतम

काठमाडौं । फरक टिप्पणी गरेर चर्चा कमाउन नेताहरु माहिर छन् । यतिबेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेर चर्चा कमचाएका छन् ।

सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने कडा प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो ।

मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ । प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक अध्यादेशबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले यस्तो प्रतिक्रिया दिएका हुन । उनको टिप्पणी छ, अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ ।

कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जवर्जस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ । अहिले त्यही भएको छ ।’ अध्यादेश संविधानको भावना, सचिवालय र स्थायी कमिटीको निर्णयविरुद्ध भएको पनि पनि उपाध्यक्ष गौतमले दावी गरेका छन् । अध्यादेशको अरु राजनीतिक दल र नेकपाका अन्य नेताहरुको पनि विरोध रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.