भर्खरै : Sorry, your browser does not support inline SVG.
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने, तराईमा हुस्सु र कुहिरोको सम्भावना | चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव | गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी |

अनलाइन लाइसेन्स आवेदन बन्द

अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने भएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको छ ।

विभागले लाइसेन्स छपाइ र वितरण लामो समयदेखि चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाले करिब तीन वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् ।

नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.