भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

अन्तरजातिय विहे गरेको भन्दै आमाले गरिन् छोरीको हत्या

अन्तरजातिय विहे गरेको भन्दै आमाले गरिन् छोरीको हत्या

वीरगञ्ज । कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भयो । आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रहरीमार्फत आएको सूचनालाई सञ्चारमाध्यमले सम्प्रेषण गरे ।

सो घटना भवितव्य नभइ अन्तरजातिय विवाह गरेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ । निदाएकै अवस्थामा जलेर मरेको भन्ने दाबी परिवारजनले गरे पनि अनुसन्धानले तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको छ ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताइन् । लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् ।

 


Thali Mobile Pvt.Ltd.