भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल बनाउन सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल बनाउन सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । सीमाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । देशको सिमानाको सुरक्षाप्रति सरकार संवेदनशील रहेको शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले बताएका हुन । प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुने समेत जानकारी दिए ।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको उनले बताए ।
‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको छ ।

अहिलेसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९ र ८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् । र यो विषयमा सरकार गम्भीर रहेको छ । उनले भने ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप ठाउँमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.