भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

२ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबरको लागुऔषध सहित १२ जना पक्राउ

२ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबरको लागुऔषध सहित १२ जना पक्राउ

काठमाण्डौ । पाँच जना विदेशी नागरिकसहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ५ विदेशी सहित १२ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुबाट बरामद भएको लागुऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जर्मन नागरिक पाउल वेर्स्ट, चितवनका महेश चौध्री, काठमाण्डौ चन्द्रागिरिका सुगम मैनाली, काठमाण्डौकै मुखिया गुरुङ, मोरङका बच्चन भनिने राज गौतम, चेक रिपब्लिकका मार्टिना सेर्ना, इटालियन नागरिक डेभिडमिनाडिओ, धादिङ रुबीभ्यालीका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू, भारतको बिहारका हेमन्तकुमार भगत र सञ्जीव कुमार रहेका छन् ।

उनीहरुलाई खैरो हिरोइन, चरेस, कोडिन, कोकिन, गाँजा लगायतका लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । काठमाण्डौ उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.