भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

‘हावा बाहेक केही छैन’: नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी

‘हावा बाहेक केही छैन’: नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्र भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको जिकिर गरे ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको बताए । नेपाली काँग्रेसको सरकार लाचार सरकार भएको दावी गरे । स्कटिङ्ग दिएर एउटा सहायक मन्त्री आउँदा कस्तो कार्य गरेको भन्दै कहाँ घुम्न जादा हुने कहाँ जादा नहुने भनेर बुझ्नु पर्ने ।

छिमेकि सम्बन्ध यो सरकारले नबुझेको बताए । सत्ता लिप्साले भरिएको यो सत्ता गठबन्धन स्वाधिन्ताको पक्षमा नरहेको आरोप लगाए । बैठकमा बाेल्दै उनले नीति तथा कार्यक्रममा हावा बाहेक केही नभएकाे ठाेकुवा गरे ।

 


Thali Mobile Pvt.Ltd.