भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अभिनेत्री महिमा सिलवालकाे मृत्यु

अभिनेत्री महिमा सिलवालकाे मृत्यु

अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । अभिनेत्री महिमा सिलवालकी बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र सर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।

 


Thali Mobile Pvt.Ltd.