अमेरिकाबाटै कोरोना भाइरस फैलिएको अमेरिकी वैज्ञानिकको शोध

अमेरिकाबाटै कोरोना भाइरस फैलिएको अमेरिकी वैज्ञानिकको शोध

एजेन्सी । अहिलेसम्म विश्‍वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको थियो। तर एक नयाँ शोधका अनुसार महामारीको कारण बनेको यो भाइरसले चीनको वुहानमा देखिएको कयौँ साता पहिले नै अमेरिकामा मानिसलाई संक्रमित बनाइसकेको थियो।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)का वैज्ञानिकहरुले गरेको शोध विवरण क्लिनिकल इन्फेन्क्शियस डिजिु नामको पत्रिकामा छापिएको छ। आधिकारिक रुपमा वैज्ञानिकहरुलाई कोरोना भाइरसबारे ३१ डिसेम्बर २०१९ मा तब जानकारी मिल्यो जब चीनको बुहानमा एउटा चेतावनी आयो ।

त्यसबेला चीनको वुहान रहेको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले एक चेतावनी जारी गर्दै यस्ता मामिलाको पहिलो पटक पुष्टि गरेका थिए। उनले दिएको चेतावनी पत्रमा संक्रमित भएका मानिसमा निमोनियाको गम्भीर लक्षण देखिएको उल्लेख थियो। उनले यसलाई अनौठो किसिमले श्वास लिनुपर्ने बिरामी भनेका थिए। तर महामारी सुरु भएको ११ महिनापछि शोधकर्ताहरुले अमेरिकाको तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी मिलेको पत्ता लगाएका छन् ।

उनीहरुका अनुसार यो एन्टीबडी चीनले कोरोना भाइरससँग जोडिएको चेतावनी दिएको दुई साता पहिले नै तीन ३९ जनामा देखिएको थियो। यस शोधका अनुसार अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० सम्म जम्मा ७ हजार तीन सय ८० रक्तदान गरेका थिए । यीमध्ये १०६ जनाको शरीरमा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो । कुनै पनि व्यक्तिको शरीरमा एन्टीबडी मिल्नुको मतलब हो, त्यो मानिस कुनै पनि समयमा कोरोना संक्रमित भएको थियो ।

कोरोना भएपछि उसको रोग प्रतिरोधक प्रणालीले भाइरससँग लड्न एन्टी बनाइसकेको छ । क्यालिफोर्निया, ओरेगन र वासिङ्गटनमा १३ देखि १६ डिसेम्बरबीच लिएको रगतको नमूनामध्ये ३९ जनामा कोरोना भाइरसको एन्टीबडी पाइएको थियो। शोधका अनुसार ६७ नमुना जनवरीमा म्यासेचुस्याट्स, मिशिगन, रोड आइल्यान्ड र विस्कान्सिनमा लिइएको थियो। यो यी राज्यमा महामारीको प्रकोप बढ्नु भन्दा कयौँ अघि नै थियो। अधिकतम् मानिस यस भाइरसको सम्पर्कमा आएका थिए उनीहरु पुरुष थिए र औसत उमेर ५२ वर्षको थियो।

शोधकर्ताले यी मानिसको शरीमार पहिलेदेखि नै उपलब्ध कुनै कोरोना भाइरसविरुद्ध एन्टीबडी बनेको हुन सक्ने पनि अनुमान गरेका थिए। तर शोधका अनुसार एन्टीबडी पाइएका अधिकतम् मानिसमा कोभिड १९ को लक्षण पनि थियो। शोधकर्ताका अनुसार अमेरिकामा व्यापकरुपमा भाइरस संक्रमण फेब्रुअरी अन्तिमबाट फैलिएको थियो । तर अहिलेसम्म भाइरसको उत्पत्तिलाई लिएर अहिलेसम्मका जानकारीमा पनि यस शोधले परिवर्तन गर्ने अवस्था देखिएको छ।

शोधले चीनको वुहानमा डिसेम्बर २०१९ मा देखिनु कयौँ साता पहिले नै विश्‍वमा यो भाइरस रहेको निचोडतर्फ पुगेको देख्न सकिन्छ। तर सीडीसीका शोधकर्ताहरु चीनमा भन्दा पहिले नै शरीरमा एन्टीबडी बनिसकेका ती अमेरिकनहरु आफ्नै देशमा संक्रमित भए या विदेशबाट संक्रमित भएर आए भन्‍ने निष्कर्षमा अझै पुगिसकेका छैनन् । रक्तदान कार्यक्रम आयोजक रेडक्रसका अनुसार जुन मानिसको नमूना लिइएको थियो, उनीहरुमध्ये केबल ३ प्रतिशतले विदेश यात्रा गरेको बताएका थिए ।

जसमा ५ प्रतिशतले एसियाली देश घुमेर आएको उल्लेख गरेका थिए । यसभन्दा पिहले केही अन्य शोधमा चीनले चेतावनी दिनुपहिले नै अन्य देशमा कोरोना भाइरस रहेको प्रमाण मिलेको बताएका थिए । यसै साल मे मा फ्रान्सेली वैज्ञानिकहरुले २७ डिसेम्म्बर २०१९ मा पेरिस नजिक एक व्यक्तिको उपचार शंकास्पद निमोनिया बिरामीका रुपमा गरेका थिए। यी व्यक्ति वास्तवमा कोरोना भाइरसबाट संक्रमित थिए ।

कयौँ देशमा शोधकर्ताले ढलको पानीको नमूनामा कोरोना भाइरस पाइएको बताएका थिए । यो नमूना महामारी घोषणा गरिएको कयौँ साता पहिले लिइएका थिए । स्पेनमा भएको एक शोध अनुसार बार्सिलोनामा जनवरीको मध्यमा ढलको पानीमा कोरोना भाइरसको नमुना मिलेको थियो। तर यहाँ त्यसको ४० दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

 


Thali Mobile Pvt.Ltd.