भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

ललितपुरमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन

ललितपुरमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन

ललितपुर । ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने भनाइ राख्नुभयो ।

राजदूत भोरासफले मुलुकमा छ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चउरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइँसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको सहारा दिने धारणा राख्नुभयो । वडाध्यक्ष अम्बिराज शाक्यले करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मेवारी वडाले लिने वचन दिनुभयो ।

उक्त कार्यक्रममा महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले विपद् आश्रमस्थल अर्थात् केन्द्रको शिलान्यास २०७५ साल माघ ७ गते गरेको र मुलुकमा देखिएको कोराना कहरका कारण भवन निर्माणको काम भने एक वर्ष १० महिनामा सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस भवन निर्माणका लागि रु एक करोड तीन लाख ९२ हजार ९१२ खर्च भयो । महानगरपालिकाका अन्य घनाबस्ती भएका स्थान हरिसिद्धि, धापाखेल, सुनाकोठी आदिमा पनि एक आश्रमस्थल बनाउन जरुरी छ ।” यसैगरी महानगरपालिकाको वडा नं ८ बालकुमारीस्थित गुइतः दोमारमा अर्को एक विपद् आश्रमस्थल निर्माण भइसकेको लामिछानेले जानकारी गराउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.