भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् ।समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ ।

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो । गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गर्नुभएको थियो ।

आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिनुभयो । गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.