भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सहकारीका तीन जना सञ्चालक जेल चलान

सहकारीका तीन जना सञ्चालक जेल चलान

काठमाडौं । तीन जना सहकारी सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालनकलाई कारागार चलान गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीनजना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेको जनाएको छ ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.