भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सहकारीका तीन जना सञ्चालक जेल चलान

सहकारीका तीन जना सञ्चालक जेल चलान

काठमाडौं । तीन जना सहकारी सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालनकलाई कारागार चलान गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीनजना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेको जनाएको छ ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.