भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमेरिका जाने लोभमा पर्दा……..

अमेरिका जाने लोभमा पर्दा……..

काठमाडौँ, । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु. ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न । उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो ।

उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर रु २७ लाख मागेका थिए । एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएकोसमेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पुर्‍याउदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पु¥याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ । आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए ।

यस्तै उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ । अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो ।

विसं २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएकोसमेत खुल्नआएको छ । सोही आधारमा खोजतलासका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौँको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.