भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

पहिरामा परी स्काभेटरसहित तीन बेपत्ताः खोजी कार्य जारी

धादिङ, । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरा खस्दा स्काभेटरसमेत उनीहरु पुरिएको उनको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो । पहिरामा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । खराब मौसम र सुख्खा पहिराका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

 


Thali Mobile Pvt.Ltd.