भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अष्ट्रेलियामा प्राकृतिक विपत

अष्ट्रेलियामा प्राकृतिक विपत

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ ।

बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् ।

नदीहरुमा वर्षाको पानी भरिँदा आसपासका बस्तीहरु प्रभावित भएका छन् । अविरल वर्षाले सिड्नी सहर र आसपासका बस्ती जलमग्न छन् । न्यु साउथ वेल्सका कोफ्स हार्बरदेखि ग्राफ्तन र सेसनक तथा दंग्गाग क्षेत्रसम्म प्राकृतिक विपत विस्तार भएको जनाएका छन् ।

राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् ।

सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको छ । सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु पनि उर्लिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.