भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अस्पतालको बेड माथि नेताहरुको घिनलाग्दाे राजनीति

अस्पतालको बेड माथि नेताहरुको घिनलाग्दाे राजनीति

सुर्खेत । कोरोनाको दोस्रो भेरियन्ट भाइरसले संक्रमणको रफ्तार लगिरहेका बेला कर्णाली प्रदेशका नेताहरुले प्रदेश अस्पतालमाथि राजनीति खेलिरहेका छन् ।

महामारीले विकराल रुप लिँदै गर्दा प्रदेश अस्पतालमा गम्भीर प्रकृतिका बिरामीले आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त परको कुरा सामान्य उपचारबाट समेत वञ्चित हुनु पर्ने अवस्था आइलागेको छ । नागरिकले अस्पतालको बरण्डामा बसेर अक्सिजनसमेत पाउन नसकेको गुनासो गरिरहेका छन् । अक्सिजन अभावकै कारण मृत्युवरण गर्नु परेको तितो यथार्थता छ ।

दैनिक ८० बढी बिरामी भर्ना हुन थालेका छन् । प्रदेश अस्पताल कालागाउँ बिरामी बेडको पर्खाइमा बसिरहेका दृश्य देख्न सकिन्छ । बेञ्चीमा सुतेर संक्रमितहरु अक्सिजन लिइरहेका दृश्यले नेताहरुलाई छुँदैन । अक्सिजन सिलिण्डर, बेड नपाइने त्रासमा बिरामी बसिरहेका छन् भने यहि अस्पतालको विषयमा अहिले राजनीति चलिरहेको छ ।

संक्रमणको दर र जनचेतनाको अवस्था कर्णालीमा संकटमा छ भने राजनीतिक दलहरु घृणित राजनीतिमा रमाइरहेका छन् । लाचारी राजनीति गरिरहेका केही नेताहरु प्रदेश सरकार मातहतको कर्णाली प्रदेश अस्पताललाई संघमा लिने निर्णय गर्छन् भने केहीले आपत्ति जनाउछन् । जुन निर्णयले वर्तमान सरकार संघीयताप्रति गम्भीर छैन भन्ने जनताले बुझिसकेका छन् ।

विकास, पूर्वाधार संरचना निर्माण र क्षमता अभिवृद्धिका कार्यहरु गर्नुको सट्टा स्वास्थ्य सेवामा असर पर्नेगरी प्रादेशिक अस्पतालको स्वामित्व संघ सरकारले लिने उद्देश्यसहितको निर्णयले वर्तमान सरकार संघीयताप्रति गम्भीर छैन भन्ने देखाएको स्थानीयले बताएका छन् ।

संघीय संरचना हुँदा प्रदेश अस्पतालमा वार्षिक २ करोडसम्म बजेट विनियोजन हुने गरेकोमा अहिले ५० करोड बढी विनियोजन हुने गरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.